एएफसी कप : मनाङ र बंगलादेशकाे अबहानी भिड्दै



काठमाडौं : नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लबले आज (बुधबार) एएफसी कप फुटबलअन्तरगत बंगलादेशको ढाका अबहानी लिमिटेडसँग दोस्रो लेग खेल्दै छ।

ढाकास्थित बंगबन्धु स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका साढे ५ बजे सुरु हुनेछ। अवे खेलका लागि यसअघि नै बंगलादेश पुगेको मनाङलाई घरेलु टोलीविरुद्ध हारको बदला लिने अवसर हाे।

यसअघि गत अप्रिलमा काठमाडौंमा भएको खेलमा मनाङ अबहानीसँग १–० ले पराजित भएको थियो। तर, मनाङ घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्ने दाउमा छ।

काठमाडौंमा भएको यसअघिको पहिलाे खेलमा हार बेहाेरेकाे मनाङलाई अबहानीविरुद्ध सुधारिएको प्रदर्शन जरुरत छ भने प्रशिक्षक छिरिङ लोप्सानले पनि आफ्नो टोलीले सुधारिएको प्रदर्शन गर्ने बताएका छन्।

उनले अघिल्लो खेलमा राम्रो प्रदर्शन गरे पनि जित्न नसकेको स्विकार्दै दोस्रो लेगमा जित निकाल्ने दाबी गरे। समूह ‘ई’ मा रहेको मनाङले ४ खेलमा २ अंक जोडेको छ। अबहानी ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्