म घर जान चाहन्छु : नेयमार



एजेन्सी : फ्रान्सेली क्लब पीएसजीमा दुई सिजनदेखि आबद्ध खेलाडी नेयमारले आफू घर जान्छु भन्दै पीएसजीलाई संदेश पठाएका छन्। प्रसिद्ध युरोपेली मिडिया मुन्द्रो डिपोर्टिभोले आफ्नो मुख्य पृष्ठमै एक भनाई छापेर सो कुराको उल्लेख गरेको छ।

‘म यहाँ(पीएजीमा) बसिरहन चाहान्नँ, म घर जान चाहन्छु जसलाई मैले पहिल्यै छोड्नु हुँदैन थियो,’ डिपोर्टिभोले लेखेको छ। तर यो ब्राजिलियनकै कथन हो वा अनुमान गरिएको भन्ने विषय भने खुल्न सकेको छैन्।

स्काई स्पोर्टसका अनुसार बार्सिलोनाले २६ बर्से ब्राजिलियनलाई स्पेनमा ल्याउन पहल गरिरहेको जनाएको छ। उसले ८९ मिलियन यूरो भन्दा धेरै रकममा नेयमारलाई ल्याउन लागेको जनाइएको छ।

अर्को स्पेनिस क्लब रियल म्याड्रिडले नेयमारलाई आफ्नो क्लबमा ल्याउन खोज्दा पीएसजीले बदलामा कासिमेरो मागेको थियो।

प्रतिक्रिया दिनुहोस्