कर्णालीमा जिपसँगै हराइरहेका १० यात्रु खोज्न हुम्ला पुग्दै टोली



काठमाडाैंः हुम्लास्थित कर्णाली नदीमा मंगलबारदेखि जिपसँगै हराइरहेका १० यात्रु खोजीका लागि चितवनबाट शसस्त्र प्रहरीको गोताखार टोली घटनास्थल पुग्दै छ। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले कुरिनटारबाट हेलिकोप्टरमा १० जनाको गोताखोर टोली हुम्ला प्रस्थान गरेको जानकारी दिए। काठमाडौंबाट गएको नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर टोली लिएर हुम्लातर्फ प्रस्थान गरेको २ घण्टा भइसकेको उनले बताए।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले गोताखोर टोली सुर्खेत विमानस्थल आइपुगेको र अब केहीबेरमै त्यहाँबाट हुम्ला उड्ने तयारी भइरहेको नेपालखबरलाई टेलिफोनमा जानकारी दिए।

उनका अनुसार २१ घण्टादेखि खोजी गर्दा पनि कर्णालीमा बेपत्ता जिप तथा १० यात्रु अझै फेला परेका छैनन्। मंगलबार कर्णाली नदीमा खसेर बेपत्ता हुँदा हुम्लाको चालक सिमकोट ८ का मणी शाही, खार्पुनाथ ४ का चन्द्र हमाल, नैन सिंह भण्डारी वडा नम्बर ५ की वसन्ती शाही, १३ वर्षका गोकुल

सुनार, नन्ददेवी सिंह, खार्पुनाथ १ पिउसकी कौर दमाई र नाम नखुलेका उनका २ वर्षे छोरा र काठमाडौं थानकोट का वल्डिङ मास्टर राजु श्रेष्ठ हराइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्