मागियो तीन मन्त्रीको राजीनामा 



काठमाडौं : गुठी विधेयक पक्षधरहरुले तीन मन्त्रीहरुको राजीनामा माग गरेका छन् । आज (बुधबार) काठमाडौंको माइतीघरमण्डलामा उर्लिएको जनसागरले तीन मन्त्रीहरुको राजीनामा माग गरेका हुन् । 

गुठी पक्षधरहरुले पुनः सरकारले विधेयक अघि बढाउन सक्ने आशंका गर्दै विशाल प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, सञ्चारमन्त्री गोकुल बास्कोटा र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा माग गरेका हुन् । 

त्यसैको खबरदारीका लागि विधेयक फिर्ता भएको भोलिपल्ट राजधानीका विभिन्न स्थानबाट र्याली निकालेर गुठीपक्षधरहरुले प्रदर्शन गरेका हुन् ।

खबरदारीसभा अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले उपत्यकामा त्रिपुरेश्वर, थापाथली लगायतका क्षेत्रबाट र्याली निकालेका थिए । अहिले त्यस क्षेत्रको आवागमन प्रधावित भएको छ । 

थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डलालगायतका स्थानको सवारी आवागमन प्रभावित भएको हो ।

प्रतिक्रिया दिनुहोस्