अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण



म्याग्दी : म्याग्दीस्थित अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण भएको छ । पर्यटन कार्यालय पोखराको सहयोगमा अन्नपूर्ण खोलामा थप दुई झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छन् । पदमार्गअन्तर्गत फुतफुते झरनामा ३० मिटर र गुराँसे ओढारमा २५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । 

कार्यालयको रु १० लाख अनुदान र स्थानीयवासीको श्रमदानमा झोलुङ्गे पुल निर्माण गरिएको गाउँ संरक्षण व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो । यस वर्ष घोरल खसेको भिरको फेदीमा ३६ मिटर र भुसकेतको जङ्गलस्थित अन्नपूर्ण खोलामा ३४ मिटर लामो झोलुङ्गे पुल निर्माण शुरु भएको छ । 

प्रदेशको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले झोलुङ्गे पुल बनाउन रु १५ लाख विनियोजन गरेको छ । यसअघि छोटेपामा विसं २०६४ मा निर्माण भएको झोलुङ्गे पुल बाढीले बगाएको थियो । अन्नपूर्ण आधार शिविर जाने पदमार्गलाई सुरक्षित र व्यवस्थित बनाउन झोलुङ्गे पुल निर्माण गरिएको उपभोक्ता समितिका चन्द्रजित पुनले बताउनुभयो । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गमा पर्ने अन्नपूर्ण र निलगिरिखोलामा हाल काठका अस्थायी पुल (फट्के) आवतजावत गरिँदै आएको छ । केही ठाउँमा रुख ढलाएर खोलामाथि राखेर आवतजावत गर्ने बाटो बनाइएको छ । 

विसं २०६८ मा नारच्याङका बासिन्दाले आधार शिविर पुग्ने पदमार्ग पहिचान गरेका थिए । यसअघि हिमाल आरोहीहरू मुस्ताङको ताक्लुङ हँुदै करीब पाँच दिन भिर र जङ्गलमा जोखिमपूर्ण यात्रा गरेर आधार शिविर पुग्ने गर्दथे । नारच्याङ गाउँदेखि तीन दिनको पैदलयात्रापछि आधार शिविर पुग्न सकिन्छ । पदमार्ग पहिचान भएपछि सरकारी निकाय र स्थानीयवासीको सक्रियतामा पूर्वाधार निर्माणले तीव्रता पाएको छ । 

यस वर्ष हुमखोलादेखि आधार शिविर जोड्ने पदमार्ग स्तरोन्नतिको काम भइरहेको छ । नारच्याङका करीब ३० मजदुर एक महीनायता जङ्गलमै बास बसेर पदमार्ग स्तरोन्नतिको काममा जुटेका छन् । गत वर्ष मिस्त्रीखोला आधार शिविरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को रु १० लाख सहयोगमा २० जना क्षमताको आश्रयस्थल निर्माण गरिएको थियो । यस वर्ष एक्यापको रु १५ लाख सहयोगमा छोटेपा र आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा १५÷१५ जना क्षमताको आश्रयस्थल बनाउन लागिएको छ । 

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर नजिकबाट हिमालको अवलोकन, हिमताल, वन्यजन्तु, पक्षी, वनस्पतिको अवलोकन गर्न सकिन्छ । बैतडीका खोलानाला, नदी र पानीका मुहान सुक्दै गएका छन् । चार÷पाँच वर्ष पहिला कलकल पानी बग्ने खोला सुक्खा भएको सुर्नया–६ शङ्करपुरका नन्दराम अवस्थीले बताउनुभयो । पानीका मुहान सुक्दै जाँदा ठाउँठाउँमा खानेपानी अभाव र सिँचाइ अभाव हुन थालेको हो ।

पछिल्लो समयमा गाउँमा खानेपानीको समस्या बल्झिँदै गएको मेलौली नगरपालिका–१ का लक्ष्मण पार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँका कुवामा समेत पानी सुक्न थालेपछि गाउँलेलाई खानेपानीको समस्या भएको छ”, जथाभावी वन फडानी हुनु, लागत अनुमानविना ठाउँठाउँमा सडक खनिनुले पानीको मुहान सुक्दै गएको डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिनुभयो । 

जङ्गल मासेर सडक खनिएका धेरै निवेदन आफूकहाँ आइपुगेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, “जथाभावी सडक खन्दा पानीका मुहानजस्ता प्राकृतिक सम्पदा नष्ट हुने र यसले मानवको जीवनमा सङ्कट निम्त्याउने छ ।”

यसैबीच सुक्खायामको शुरुआतसँगै बैतडीको मेलौलीमा खानेपानीको चरम समस्या भएको छ । काँडाबजार र आसपासका गाउँमा खानेपानीको चरम अभाव भएको स्थानीयवासीले बताएका छन् । खानेपानी अभाव हुँदा होटल व्यवसायी, भाडामा बस्दै आएका कर्मचारी, विद्यार्थी र स्थानीय बासिन्दा निकै समस्यामा परेका छन् । खानेपानीको अभावमा अनिदो बसेर पानीको जोहो गर्नुपर्ने अवस्था आएको स्थानीय सुना दमाइले बताउनुभयो । 

प्रत्येक वर्ष सुक्खायाममा पानीकै अभाव झेल्नुपर्ने अवस्था आएको स्थानीयवासी गङ्गासिंह नायकले बताउनुभयो । काँडाबजारमा खानेपानीको चरम समस्या हुँदा होटल व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति आएको होटल व्यवसायी सीता चन्दले बताउनुभयो । 

मेलौलीमा विसं २०४० मा ग्वाल्लेकबाट ल्याएको खानेपानी योजना जीर्ण हुँदा र मुहानमै पानी कम हुँदा पानीको हाहाकार भएको हो । स्थानीय सरकारले खानेपानीको समस्या समाधान गर्न नसक्दा स्थानीय बासिन्दा निराश छन् ।

 

प्रतिक्रिया दिनुहोस्