images

कपाल स्वस्थ र सिल्की बनाउने घरेलु उपाय

द नेपालटप | प्रकाशित: २०७६-३-४ गते
कपाल स्वस्थ र सिल्की बनाउने घरेलु उपाय

मनिसहरुको आफ्नो कपाल राम्रो बनाउने सोख हुन्छ । कसैलाई लामो कपाल मन पर्छ भने कसैलाई छोटो र कसैलाई घुमेको कपाल मन पर्छ भने कसैलाई शिल्की परेको । 

आफ्नो कपाल लामो र सिल्की होस् भन्ने चाहनु हुन्छभने अब कपाल स्ट्रेट बनाउन पार्लर धाइरहनुपर्दैन । घरमा नै घरेलु सामाग्री प्रयोग गरी आफ्नो कपाल स्ट्रेट गराउने केही घरेलु उपायहरु पनि छन् । 

दूध र महको प्रयोग- आधा कप दूधमा दुई चम्चा मह मिसाउने । अझै राम्रो बनाउन केरा पनि मिसाउन सकिन्छ । केरा दूध र महको लेप बनाएर कपालमा लगाउने । यसलाई आधा घण्टा सम्म राख्ने र पछि स्याम्पु लगाएर सफा गर्ने ।

नरिवल र निम्बुको पेष्ट- नरिवललाई पिसेर त्यसमा नरिवलकै दूध मिसाउने अनि कागती हालेर ब्रशले कपलाको रेशा रेशामा लगाउने । अनि १ घण्टा पछि चिसो पानीमा स्याम्पु लगाएर पखाल्ने । यसो गर्नाले पनि कपाल नरम र सिधा हुन्छ ।

तातो तेलले मालिस गर्ने- नियमित रुपमा नुहाउनुभन्दा केहि समयअघि तातो तेलले मालिस गर्ने । मलिस गर्ने बेलामा नरिवलको तेलमा ओलिभ वाेईल मिसाउने । केहि बेर पछि तउलियालाई तातो पानीमा भिजाउने र केहि समयपछि तउलिया निचोरेर ४५ मिनट सम्म कपालमा बेरेर राख्ने । त्यस पछि स्याम्पु लगाएर पखाल्ने यसो गर्नाले कपाल सिल्कि र नरम हुन्छ ।

दूधको स्प्रे- दूधलाई एउटा स्प्रे बोतलमा राख्नुस अनि कपालमा स्प्रे गर्नुस् । यसो गरेर आधा घण्टा सम्म राख्नुस र पखाल्नुस् । यो बिधिले कपाल नरम,चिप्लो र चम्किलो हुन्छ ।

ओलिभ वाईल र अण्डाको प्रयोग- दूईवटा अण्डा फुटाएर फिट्नुहोस र त्यसमा ओलिभ वाईल मिसाउनुस । यस्तो मिक्सलाई कपालमा लगाउनुहोस् र एक घण्टा पछि स्याम्पु लगाएर पखाल्नुस् । यसले कपाल नरम र शिल्की बनाउँछ ।

कागती, तेल र नरिवल- कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई कपालमा राम्रोसँग लगाएर प्लास्टिकले छोपेर २ घन्टासम्म छाडिदिनुहोस् । र त्यसपछि तातो पानीले धुनुहोस् ।

यी तरिका हप्तामा एकदिन अपनाउने गर्नाले तपाईको कपाल बिस्तारै सिधा हुनुका साथै नरम, मुलायम र स्वस्थ देखिन्छ । यसले तपाइको सौन्दर्यलाई पनि फाइदा गर्छ ।


 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

दूधमा मह हालेर पिउनुस्, छाला चम्किलो बनाउनेदेखि स्टेमिना बढाउँछ

दूधमा मह हालेर पिउनुस्, छाला चम्किलो बनाउनेदेखि स्टेमिना बढाउँछ

दूध र महको मिश्रण अत्यन्तै स्वस्थकर हुन्छ । भारतको नेसनल इन्स्टिच्युट अफ आयुर्वेदका प्राध्यापक सीआर यादवका अनुसार,..

खाना नपचेर हैरान हुनुहुन्छ ? यो उपाय अपनाउनुहोस् !

खाना नपचेर हैरान हुनुहुन्छ ? यो उपाय अपनाउनुहोस् !

काठमाडौं : खानपिनमा सानो लापरवाहीले पनि पाचन प्रक्रिया गडबडिन्छ। पेटमा गडबडी हुनासाथ भोक नलाग्ने, भारीपन, छाती..

यस्ता छन् केराउ र चनाका मुख्य ८ फाइदा

यस्ता छन् केराउ र चनाका मुख्य ८ फाइदा

काठमाडाैं : हाम्रो दैनिकीमा धेरै खपत हुने मध्येको खाद्य पदार्थ केराउ र चना पनि हो। सामान्यतया खाजाको रुपमा केराउको..

के दैनिक अण्डा खानु स्वास्थ्यवर्दक हो ?

के दैनिक अण्डा खानु स्वास्थ्यवर्दक हो ?

काठमाडाैं : तपाईंले थुप्रै मानिसहरुबाट सुन्नु भएको होला कि धेरै अण्डा खानाले तपाईंको शरिरमा ब्लड कोलेस्ट्रोलको मात्..

जान्नुहोस् कागती पानीका फाइदा

जान्नुहोस् कागती पानीका फाइदा

काठमाडौं : नेपालको जुनसुकै भेगम प्रायः सहजै पाइने कागती बहुउपयोगी फलफुलहरूमध्ये एक हो। यद्यपि यसलाई फलफुलका रूपमा भ..

कब्जियतको समस्या छ भने यसरी गर्नुस् घरमै उपचार

कब्जियतको समस्या छ भने यसरी गर्नुस्  घरमै उपचार

काठमाडाैं : सरल तरिकाले विकास दिसा गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु नै कब्जियत हो।  दिनमा एकपटक..