स्थानीय तहलाई श्रम मन्त्रालयकाे ध्यानाकर्षण पत्र



काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधिअनुसार मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न स्थानीय तहको ध्यानाकर्षण गराएको छ।

केही स्थानीय तहले कार्यविधिअनुसार काम नगरेको गुनासो संचार माध्यममा आएपछि मन्त्रालयले स्थानीय तहलाई पत्राचार गरेको हो।

यसरी सञ्चालन गरिने कार्यक्रममा पूर्ण वित्तीय अनुशासन कायम राख्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ। रोजगार कार्यक्रम सञ्चालन गर्दा यस्ता कमी कमजोरी भएमा अनुगमन गरी सच्याउन पनि मन्त्रालयले भनेको छ।

प्रतिक्रिया दिनुहोस्