प्रहरी र डाक्टर भन्छन्, – ‘सिरिन्ज आक्रमण होइन’ (भिडियो)



काठमाडौं : सामाजिक सञ्जालमा उपत्यकामा राति राति युवतीहरुलाई सिरिन्ज हानिन्छ भन्ने खबरले सामाजिक सञ्जाल राम्रैसँग ततायो। ठूलै भनाउँदा सञ्चारमाध्यमहरुले पनि सिरिन्ज आक्रमण नै हो भनेरे दाबी गर्दै लेखे। तर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला भने यो सबै हल्ला मात्र भएको बताउँछन्।

उनले सिरिन्ज आक्रमण नभएको दाबी गदैृ भने, ‘मिडियाहरुले भनेजस्तो सिरिन्ज आक्रमण होइन। हामीले घाउ हेर्दा ‘सिरिन्ज नै हानेको पुष्टि हुँदैन। उनले थपे, ‘सिरिञ्जले घोप्दा गहिरो चोट लाग्छ। घाउ हेर्दा काँटी या कुनै धारिलो हतियारले आक्रमण गरेको अनुमान गर्न सकिन्छ।’प्रहरीले अनुसन्धान गरिरहेको छ। अब पत्ता लागेपछि नै के हो भनेर थाहा हुन्छ।’

अहिलेसम्म चारजना यस्तो समस्या लिएर टेकु अस्पताल पुगेका उनले बताएका छन्। उनी भन्छन्, ‘योभन्दा पहिला यस्तो समस्या लिएर कोही पनि आएका थिएनन्। आक्रमण गराउने मान्छे को हो ? त्यसको नियत पत्ता नलागेसम्म केही भन्न सकिन्नँ।’महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी पनि उनको मतमा सहमत छन्। भन्छन्, ‘सिरिन्ज आक्रमण होइन।’ उनी भन्छन्, ‘हामीले अहिले सोधपुछ गरिरहेका छौं। कही दिनमै सार्वजनिक गछौं।’

थप विवरण यो भिडियोमा :

प्रतिक्रिया दिनुहोस्