विषादी परीक्षण गर्ने निर्णय फिर्तापछि तरकारी बोकेर नेविसंघ सडकमा (फोटो फिचर)



काठमाडौँ : सरकारले भारतबाट आयात गरिएका विषादीयुक्त तरकारीले नागरिकको स्वास्थ्यमा असर पारेको भन्दै विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएसंगै सरकारको चौतर्फी आलोचना भएको छ ।

भारतको दबाबपछि पूर्वाधार नपुगेको भन्दै सरकारले विषादी परीक्षणको काम स्थगित गरेको भन्दै आज काठमाडौमा नेपाली काँग्रेसको भातृ सङ्गठन नेबिसंघले सरकार विरुद्ध प्रदर्शन गरेको छ ।

नेबिसंघका निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा वाल्मीकि क्याम्पस बाट सुरु भएको र्‍याली पुतलीसडक चोकमा पुगेर समापन भएको थियो ।

विरोध र्‍यालीमा सहभागीहरूले नेपाली जनतालाई विष ख्वाउन बन्द गर जस्ता  नारा लगाएका थिए भने तरकारी समेत प्रर्दशन गरेका थिए। भारतबाट आउने तरकारीमा ९० प्रतिशतसम्म विषादी रहेको कृषि विज्ञले बताएका छन् ।

रासायनिक मल र धेरै मात्रामा विषादी हालेर उत्पादन गरिएको तरकारी स्वास्थ्यका लागि हानिकारक रहेको उनीहरूको भनाई छ । 

Image may contain: 7 people, people smiling, people standing

 

प्रतिक्रिया दिनुहोस्