बलात्कार पीडितको यो कठिन दृश्य कसरी गरियो सुटिङ ? हिरोइनले आफैं बताइन्



काठमाडौं : दक्षिण भारतीय अभिनेत्री अमाला पल अहिले आफ्नो फिल्म आदाइका कारण चर्चामा छिन्। यो फिल्ममा आमालाले एक बलात्कार पीडित युवतीको भूमिका निभाएकी छिन्।

फिल्मको स्क्रिप्टको मागका कारण यो फिल्ममा अमालाले न्युड दृश्य पनि दिनुपर्यो। यो दृश्य पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको छ। अमालाले यो दृश्यबारे बताएकी छन्।

अमालाले मिडियासँग कुरा गर्दै भनिन्, ‘मैले निर्देशक रत्ना कुमारसँग सोधेकी थिएँ कि सिन कस्तो हुन्छ ? किनकि शुटिङभन्दा पहिले म धेरै चिन्तित थिएँ। मलाई यो कुराको चिन्ता थियो कि कसरी सबै हुन्छ, सेटमा शुटिङका बेला कति मान्छे हुन्छन्। शुटिङका बेला १५ जना थिए। मलाई पूरै टिममाथि भरोसा थियो, त्यसैले यो सिन गर्न सकें।’ हेर्नुहोस् टिजर :-

फिल्मको टिजर रिलिज भएसँगै चर्चामा छ। सामाजिक संजालमा यो सिनलाई लिएर विवाद भइरहेको छ। केहीले सामाजिक संजालमा ट्रोल गरे पनि केही सेलिब्रेटीले अमालाको कामको तारिफ गरेका छन्। न्यूड सिनको विषयमा आएका प्रतिक्रियाप्रति लक्षित गर्दै अमालाले फिल्म हेर्नुभन्दा पहिल्यै जज गर्ने बानी खराब भएको बताइन्। यो सत्य घटनामा आधारित फिल्म भएको उनले जानकारी दिइन्। 

प्रतिक्रिया दिनुहोस्