ट्वीटरमा नयाँ नियम, नयाँ नीति विरुद्धमा हुने पोष्टहरुमाथि प्रतिबन्ध 



माइक्रोब्लगिङ साइट ट्वीटरले नियम लागू गरेको छ ।

आफ्नो प्लाटफर्ममा घृणाजन्य सामग्रीहरुमा कमी ल्याउन तथा अमानवीय भाषाको प्रयोग गरी घृणित आचरण देखाउने तथा धर्मको आधारमा अन्य व्यक्तिमाथि अमानवीय टिप्पणी गर्नेहरुमाथि ट्वीटरले प्रतिबन्ध लगाएको हो ।

ट्वीटरले भनेको छ, ‘नयाँ लागू भएको नियम उल्लंघन गर्ने ट्वीटर प्रयोगकर्ताका ट्वीट हटाइनेछ । तथापि, त्यस्ता अकाउन्टहरु निलम्बन भने गरिनेछैन । यो नियम लागू हुनुभन्दा अगाडि गरिएका त्यस्ता ट्वीटको आधारमा सम्बन्धित ट्वीटर अकाउन्ट निलम्बन गरिने छैन ।

पछिल्लोपटक लागू गरिएको नयाँ नियम ट्वीटरको हिंसा, धम्की तथा दुर्व्यवहारलाई दुरुत्साहित गर्ने सामाग्रीमाथि बन्देज लगाउने विद्यमान नीतिकै विस्तारित रुप भएको बताइएको छ ।

एक ब्लग पोष्टमा ट्वीटरले आफ्नो नयाँ नियम उल्लंघन गर्ने केही ट्वीटको उदाहरणसमेत पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्