१० दुग्ध सहकारीलाई चेक हस्तान्तरण 



कैलाली : दुध उत्पादन र बजारीकरणको आधारमा छनौट भएका दुग्ध सहकारीहरूलाई अनुदान रकमको चेक हस्तान्तरण गरिएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल डोटीले शनिबार धनगढीमा चेक हस्तान्तरण समारोह आयोजना गरी सुदूरपश्चिम प्रदेशका १० दुग्ध सहकारीलाई चेक हस्तान्तरण गरेको हो।

दुध उत्पादन र बजारीकरणका आधारमा अनुदान पाइलट कार्यक्रममा कृषकहरूलाई अनुदान वितरण गर्न इच्छुक उत्पादन सहकारी संस्थाहरूलाई एक लिटर दुध बराबर एक रुपैयाँ अनुदान रकम दिएको छ। कैलालीका सात र कञ्चनपुरका तिन गरी जम्मा दश दुग्ध सहकारी संस्थालाई झन्डै ३५ लाख ७१ हजार पाँच सय पन्ध्र लिटर दुध बराबरको अनुदान रकम वितरण गरेको छ। 

प्रतिक्रिया दिनुहोस्