आज मेरो मन भारी भयो : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोका कारण भएको धनजनको क्षतिले आफ्नो मन भारीभएको बताएका छन् ।

ओली आइतबार बिहान २०६ औँ जन्मजयन्तीको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आयोजना गरेको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार वितरणमा सहभागी भएका थिए ।

तर अरू भानु जयन्तीको बेला जस्तो आफ्नो मन प्रशन्न नभएको उनले बताए । ‘आज मेरो मन अलिकति भारी छ । किनभने कतै डुबानमा परेको छ, कतै बाढी गएको छ‘ उनले भनेका छन् ।

भूपी शेरचनको कविता जस्तै अलिकति हाँसी पनि रहेको, अलिकति आसुँ पनि बगाइरहेको अवस्था समेत नरहेको उनले सुनाए । ‘यहाँ आउनुअघि पनि राहत र उद्धारमा के गर्न सकिन्छ भन्ने काममै थिएँ, यहाँबाट फर्केपछि पनि त्यसमै लाग्छु, थप केही गर्नु छ कि भनेर ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ’प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रममा ४२ स्रष्टालाई सम्मान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्