प्रेमिकाको आमासँग शारीरिक सम्बन्ध राखेपछी …



काठमाडौं : एक युवकले सामाजिक सञ्जालमा डेटिङको सबैभन्दा आश्चर्य पार्ने घटना सेयर गरेका छन्। घटना पढ्दा सबैलाई अचम्म लाग्यो। उनीहरुले यसलाई कुनै कथाभन्दा कम ठानेका छैनन्।

टिन्डर(डेटिङ एप्लिकेसन/वेबसाइट)मा म्याच भएपछि युवक र युवातीबिच प्रेम बस्न पुग्यो। उनीहरुबीच सम्बन्ध राम्रो हुँदै गएपछि युवतीले आफ्नो अभिभावकसँग भेट्न ती युवकलाई बोलाइन्। तर त्यहिँ साँझ युवकले जीवनमा नसोचेको घटनाको सामना गर्नुप-याे।

२१ वर्षको युवकले केहीवर्ष पहिला ४० वर्षीया महिलासँग शारीरिक सम्बन्ध राखेका थिए। एक बारमा भेटिएका दुईजना शारीरिक सम्बन्धसम्म पुगेको थियो। बारमा भेटिएको महिलासँगको केही महिनापछि युवकको भेट डेटिङ साइट टिन्डरमा १९ वर्षकी युवतीसँग भयो।

त्यसपछि उनीहरु बीच प्रेमसम्बन्ध शुरु भयो। दुवैबीचको सम्बन्ध राम्रो हुँदै गएपछि युवतीले उनलाई आफ्नो अभिभावकसँग भेट्न बोलाइन्। तर, केटीको घरछेउ पुगेपछि केटाको होस उड्यो। केटाले देखेको घर त्यहि थियो जहाँ उ गर्लफ्रेन्डको आमासँग आइसकेको थियो। केटाले दुःखी हुँदै आफ्नो सबैकुरा गर्लफ्रेन्डलाई बतायो।

शुरुवातमा गर्लफ्रेन्डलाई मजाकजस्तो लागिरहेको थियो। तर युवकले उसको आमाको नाम नै भनिदिएपछि केटीले उसको कुरामा विश्वास गरिन्। त्यसपछि उनीहरुको ब्रेकअप भयो। युवकले सोसल साइट रेड्डिटमा आफ्नो नाम नलेखि यसरी पूरा घटना लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्