पार्किङस्थलबाटै गाडी गायब 



कावासोती : पूर्वी नवलपरासीको कावासोतीबाट सुमो गाडप् चोरी भएको छ । कावासोती ३ का कुमार गुरुङको गाडी गयातिर सभापतिचोकबाट चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी वर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

कवासोतिको सभापति चोकमा पार्किङ गरेको  बा ११ च ५२२७ नम्बरको निजी टाटा सुमो गोल्ड गाडी गयराराति करिब २ बजे चोरी भएको बताइएको छ  । गाडीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

राती सवा २ बजेतिर गाडी सभापतिचोकबाट पश्चिम तर्फ लागेको सिसी क्यामरामा देखिएको प्रहरीले जनाएको छ । पार्किङ गरेको गाडिनै गायब भएपछि स्थानीय आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्