एक किलो प्लाष्टिकको फोहोर दिँदा निःशुल्क खाना



काठमाडौं : भारतको छत्तिसगढको अम्बिकापुरमा गार्बेज क्याफे योजना सुरु भएको छ। नगर निगमले शहरका गरिब र घरबारबहिनीलाई प्लाष्टिकको बदलामा खाना प्रदान गर्नेछ।

अभियानका अनुसार सडकमा छरिएका एक किलो प्लाष्टिक क्यारी ब्याग ल्याउँदा निःशुल्क भोजन र आधा किलो प्लास्टिक क्यारी ब्याग ल्याउन पेटभरी नास्ता दिइनेछ। शहरको प्रतिक्षा बस स्ट्यान्डबाट यसको सञ्चालन गरिनेछ।

सोमबार पेश भएको नगर निगम बजेटमा यो योजनाका लागि साढे पाँच लाख भारुको प्रावधान गरिएको छ। जबकी आवश्यकता पर्दा जनप्रतिनिधीबाट पनि मद्दत लिइनेछ।

अभियान अनुसार नगर निगम शहरको गरिब र बेघर व्यक्तिलाई निःशुल्क खाना दिइनेछ। यतिमात्र होइन, यस्ता व्यक्तिका लागि खानाका साथै बस्ने व्यवस्था पनि मिलाइनेछ। यो योजनालाई स्वच्छता अभियानसँग जोडिँदै छ।

प्रतिक्रिया दिनुहोस्