भारतको मुम्बईमा १०० वर्ष पुरानो भवन भत्किँदा १२ जनाको मृत्यु



काठमाडाैं : भारतीय राज्य महाराष्ट्रको मुम्बईमा भएक भवन भत्किँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ। भवनमा अझै पनि ४० देखि ५० जनासम्म च्यापिएका हुनसक्ने आशंका गरिएको छ।

मुम्बईको डोंगरी क्षेत्रमा ४ तले भवन भत्किँदा १२ जनाको मृत्यु भएको र ५ जनालाई सकुशल उद्दार गरिएको इन्डिया टुडेले जनाएको छ। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले उक्त भवन १०० वर्ष पुरानो भएको बताएका छन्।

भारतको केन्द्रीय गृह मन्त्रालय मातहत रहेको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) ले भवनमा च्यापिएका व्यक्तिको उद्दार प्रयास गरिरहेको जनाइएको छ। स्थानीय प्रहरी र उद्दारकर्मीले भवनमा च्यापिएका व्यक्तिको खोजी जारी राखेका छन् भने घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्याइएको छ।

प्रतिक्रिया दिनुहोस्