सुर्खेतमा सवारी कारबाहीबाट एक करोड ६४ लाख राजस्व संकलन



सुर्खेत : जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव ०७५–७६ मा एक करोड ६४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारबाहीबाट आव ०७५–७६ को असार ३० गतेसम्म एक करोड ६४ लाख ५८ हजार पाँच सय राजस्व संकलन गरेको हो । यो आव ०७४–७५ को राजस्वभन्दा ४७ प्रतिशतले बढी हो ।

गत आव ०७४–७५ जिल्ला ट्राफिक प्रहरी सुर्खेतले ८७ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।विशेषगरी मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, बिनालाइसेन्स सवारी चलाउने, क्षमताभन्दा बढी भार बोक्नेलगायतका ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेमाथि गरिएको कारबाहीबाट ठूलो परिमाणमा राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्