‘फिल्म फ्लप हुँदा मेरो ज्योतिष पेशामा असर परेन, व्यापार अझै बढेको छ’



काठमाडौं : यूवा ज्योतिष हरिहर अधिकारी यस पेशामा सफलता कमाइरहेका छन् । आधुनिक शैलीमा यो पेशा अंगालेका उनले धेरै कलाकारको भविष्य बताइसकेका छन् । तर, उनी आफैँले अभिनय गरेको पहिलो चलचित्र ‘शुभ लभ’ भने उनका लागि असुभ भयो ।

चलचित्र नचलेपछि कतिपयले अब हरिहरको कुरा कसैले पनि नपत्याउने टिप्पणी पनि गरे । 

यस विषयमा उनले भने–‘चलचित्र खेलेपछि मेरोमा कोही पनि चिना देखाउन आउँदैनन् भनेर मेरो टिप्पणी पनि गरिएको थियो । साच्चै, भन्दा मैले त्यो समयमा जोखिम मोलेकै हो । तर, अहिले मेरो व्यापारमा कुनै पनि असर आएको छैन । बरु, व्यापार अझै बढेको छ ।’

Image result for यूवा ज्योतिष हरिहर अधिकारी

उनले अगाडि भने–‘सामाजिक संजालमा यस्ता खालका टिप्पणी गर्नेहरु चीना देखाउन नै आउँदैनन् । जसले, देखाउन आउँछन् उनीहरु टिप्पणी गरेर नै बस्दैनन् । मानिसहरुले चलचित्रको काम र मेरो पेशा फरक रहेछ भनेर बुझेका रहेछन् । म खुशी छु ।’

उनै हरिहर अहिले साउथको सफल चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेकमा काम गर्ने तयारीमा छन् । यस चलचित्रबाट उनले दर्शकहरुको मन जित्छन् वा उनलाई नायक नभएर ज्योतिष नै शुभ हुन्छ त्यो चलचित्र रिलिज पश्चात थाहा हुन्छ । 

प्रतिक्रिया दिनुहोस्