गौतम बुद्धका पाँच वटा मूर्ति तोडफोड



रुपन्देही: बुटवल बेलहिया सडक खण्डको बीच भागमा राखिएका बुद्धमूर्ति तोडफोड भएका छन् । ६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका पाँच वटा बुद्धमूर्ति कामै नलाग्ने गरी तोडफोड भएका हुन् ।

तोडफोड गरिएकामध्ये एउटै मूर्तिको तौल १सय १० किलो छ । ठूलो समूह नै लागेर मूर्ति तोडफोड गरेको हुनसक्ने स्थानीयको आशंका छ। बुधबार साँझसम्म केही नभएका मूर्ति  बिहिबार बिहान तोडफोड भएको अवस्थामा स्थानियले देखेका थिए ।

घटनापछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोली पुगेर अनुसन्धान थालेको छ। बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीको झल्को दिनका लागि नगरपालिकाले गत आर्थिक वर्षमा २२ वटा सुनौला रंगका मूर्ति राखेको थियो।  मूर्ति तोडफोडमा संलग्नअरुको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्