भारतले सोमबार चन्द्रयान प्रक्षेपण गर्ने



नयाँदिल्ली : भारतले आगामी सोमबार चन्द्रयान प्रक्षेपण गर्ने घोषणा गरेको छ। गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आगामी सोमबार अपराह्न २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गरिने घोषणा गरेको भारतीय संचार माध्यामहरुले जनाएका छन्। भारतले चन्द्रमामा भूउपग्रह अवतरण गराउने महत्वाकाँक्षी अभियान सफल बनाउन केही वर्षदेखि प्रयास गरिरहेको छ। 

 

प्रतिक्रिया दिनुहोस्