आजबाट ३७ वर्षमा प्रियंका, फ्यानलाई दिँदैैछिन् यस्तो खुसी



विवाह पछि लामो समयदेखि बलिउडबाट टाढा रहेकी नायिका प्रियंका चोपडाको आज ३७ औँ जन्मदिन हो । 

प्रियंकाको जन्म जमशेदपुरमा १८ जुलाइमा भएको थियो । उनकी आमा मधु चोपडा र पिता अशोक चोपडा आर्मीमा डाक्टर थिए जसका कारण उनको विभिन्न स्थानमा ट्रान्सफर भइरहन्थ्यो । उनको एक जना भाई पनि छन् । 

Image result for priyanka chopra

उनी सानैदेखि नै निकै प्रतिभाशाली थिइन् । मिस इन्डिया हुँदै प्रियंकाले मिस वल्र्डसम्मको ताज पहिरिन सफल भइन् । बलिउडका साथै हलिउडमा पनि आफ्नो स्थान बनाउने ग्लोबल आइकन प्रियंका चोपडाले जुन सफलता हात पारेकी छिन् त्यो हरेक युवतीका लागि प्रेरणादायी छ ।   

सन् २०१८ मा प्रियंकाले अमेरिकी गायक निक जोनससँग भव्य विवाह गरिन् । जोधपुरको उम्मेद भवन प्यालेसमा उनको विवाह चर्चाको विषय बन्यो ।

Image result for priyanka and nick

उनीहरुले हिन्दु र क्रिस्चियन परम्परामा विवाह गरेका छन्  ।

धेरै लामो समयदेखि कुनै बलिउड फिल्ममा नदेखिएकी प्रियंकाले यस वर्षभने आफ्ना फ्यानहरुलाई 'द स्काई इज पिंक' नामक फिल्म ल्याएर खुसी दिँदैछिन् । फिल्म अक्टोबर ११ का दिन प्रर्दशनमा आउँदै छ । यधपि, फिल्म चल्ने नचल्ने चैँ रिलिज पछि नै थाहा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्