हेटौंडा : प्रदेश शिक्षा निर्देशनालयमा प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले छड्के जाँच गरेका छन् ।
बिहीबार बिहान १०ः४० बजे प्रदेश शिक्षा निर्देशनालयमा अनुगमन तथा निरीक्षणका लागि पुग्दा त्यहाँ दुई जना कार्यालय सहयोगी मात्र भेटिएका थिए ।
‘१०ः४० बजेसम्म कार्यालय सहयोगीबाहेक प्रमुख, उपप्रमुखलगायत कोही पनि कर्मचारी कार्यालयमा आइपुगेका थिएनन्’ मन्त्री दुलालले भने ।
अनुगमनका क्रममा अनुपस्थित रहेका नौ जना कर्मचारीको हाजिरी रजिस्टरमा उनले रेजा लगाएका थिए । मन्त्री दुलालले कर्मचारीलाई समयमा र नियमितरुपमा कार्यालयमा आउनका लागि निर्देशनसमेत दिएका थिए ।