विद्युतीय बसमा सरकारको तीन अर्ब शेयर



काठमाडौं : साझा यातायातले देशभर ३ सय विद्युतिय बस चलाउने भएको छ । यसका लागि नेपाल सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत तिन अर्ब रुपैँया साझा यातायात सहकारी  संस्थालाइ शेयर लगानि गर्ने निर्णय गरेको छ । 

गत असार २९ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । 

काठमाडौं उपत्यकाको प्रदूषण र जाम घटाउन विद्युतीय बस किन्न लागिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले यसअघिनै जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्