टिकटकमा भुल्ने कर्मचारीको तलब कटौती



काठमाडौं : टिकटकका बारेमा अनेक खालका समाचार आइरहन्छन् आज भोलि। अहिले फेरि यस्तो खबर आएको छ कि त्यो सुन्नुभयो भने तपाईं सायद अब अफिसमा टिकटकको प्रयोग नगर्ने प्रण गर्नुहुनेछ। घटना भारतको हो।

तेलंगानाको खम्मम नगर निगमले आफ्ना ११ जना कर्मचारीलाई कार्यालय समयमा टिकटक भिडियो बनाएको र अरु सोसल मिडिया एप चलाएर समय बिताएको आरोपमा तलब कटौती गर्ने तथा सरुवा गरेर कारवाही गरेको छ। 

निगम प्रमुखले करारमा भर्ना गरिएका ११ जना कर्मचारीको तलब कटौती गरी सरुवा गर्ने आदेश दिएका हुन्। यस्तो कारवाही भोग्ने कर्मचारीमा महिला र पुरुष दुवै छन्।

उनीहरुलाई कार्यालय समयमा सोसल मिडियामा च्याट गरिरहेको तथा टिकटकमा भिडियो रेकर्ड गरिरहेको बेला पटक पटक फेला पारिएको थियो। साथै ती कर्मचारीले टिकटकमा अपलोड गरेका भिडियोहरु सोसल मिडियामा भाइरल हुनुका साथै टेलिभिजनमा समेत समाचार बनेको थियो।

प्रतिक्रिया दिनुहोस्