१ लाख ७५ हजार घुससहित २ जना पक्राउ



पोखरा : सडक डिभिजन कार्यालय दमौलीका कम्युटर अपरेटरसिहत २ जना १ लाख ७५ हजार रुपैयाँ घुससिहत पक्राउ परेका छन्। डिभिजन कार्यालयका कम्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन्। 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट पुगेको टोलीले उनीहरुलाई कार्यालय परिसरबाटै पक्राउ गरेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्