जंगल सफारी गरिरहेका पर्यटकको गाडीमा हात्तीले आक्रमण गरेकाे भिडियो भाइरल…



काठमाडौं : दक्षिण अफ्रिकामा जंगल सफारी गर्न गएका पर्यटकहरूको एक समूहमाथि हात्तीले आक्रमण गरेको भिडियो सार्वजनिक भएको छ। हात्तीले पर्यटक चढेको जीपमा आक्रमण गरेको हो। पर्यटकहरू जीप चढेर उक्त क्षेत्रको भ्रमण गरिरहेका थिए। 

हात्तीले लगातार आक्रमण गर्न थालेपछि जीपचालकले बाटोबाट अन्तै लग्न खोजेको देखिन्छ। यो सबै घटना हुँदा पर्यटकहरू भने शान्त बसे अनि कसैकसैले त भिडियो समेत खिचे। 

रेड्डिटमा भिडियो शेयर गरिएको थियो र प्रयोगकर्ताहरूले चालकको क्षमताको प्रशंसा गरे। जीपको पछाडि बस्नेहरूले चालकलाई निर्देशक दिए अनि ब्याक गरेर चलाउँदा बाटोमा के के बाधा अवरोध छन् भनी वर्णन गरेर सहायता गरे। पर्यटकहरू सुरक्षित ठाउँमा पुगेको देखिनुअघि भिडियो टुंगिन्छ।

प्रतिक्रिया दिनुहोस्