धनगढीमा शंकास्पद बस्तु विष्फोट : घाइते ५ जनाको परिचय खुल्यो, घटना स्थलमा भेटियो पेस्ताेल



कैलाली :  कैलालीको धनगढीमा शंकास्पद वस्तु बिष्फोट हुँदा पाँच जना गम्भीर घाईते भएका छन्। धनगढीको शहिद गेट नजिकै रहेको निलम होटलमा आज साँझ शंकास्पद विष्फोट हुँदा पाँच जना गम्भीर घाईते भएको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरिक्षक पुष्कर पन्तले बताए।

होटेलमा विष्फोट भएर होटेलका सञ्चालक केशवराज पाण्डेय सहित वझाङका राम सिंह, कञ्चनपुर वेल्डाडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोन्दन खान घाईते भएका छन्। घाईतेहरुको चटकपुरमै रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्षक पन्तले जानकारी दिए।

विष्फोट भएको होटेलमा एक थान पेस्तोल र झोला समेत फेला परेको छ। झोला भेटिएकोले घटना संकास्पद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारि दिए।

घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। यसअघि ग्यास सिलिण्डर विष्फोट भएको भनिए पनि त्यो नभएर ठुलै विष्फोट भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्