अफ्रिका कप नेशन्स फाइनल : सेनेगल र अल्जेरिया भिड्ने



अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्ने भएका छन् । फाइनल खेल शुक्रबार राति पौने १ बजे इजिप्टको कायरो अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ।  एउटै समूहमा रहेका दुई टिमबीच समूह चरणमा भएको खेलमा अल्जेरियाले सेनेगललाई १–० ले हराएको थियो।

दुई टिमबीच अहिलेसम्म भएका ६ खेलमा ४ खेल अल्जेरिया र एक खेल सेनेगलले जित्दा एक खेल बराबरी भएको छ। सेनेगल पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने दाउमा छ।  सन् २००२ मा पहिलो पटक फाइनल पुगेको सेनेगल त्यतिबेला क्यामरुनसँग पराजित भएपछि उपबिजेतामा सिमित भएको थियो।

अल्जेरियाले भने सन् १९८० र १९९० मा नाइजेरियासँग फाइनल खेलेको थियो। सन् १९९० मा पहिलो पटक उपाधि जितेको अल्जेरिया त्यसयता रित्तो हात घर फर्कँदै आएको छ। दुई टिमबीचको फाइनललाई प्रिमियर लिगका दुई चर्चित खेलाडीबीचको प्रतिष्पर्धाका रुपमा हेरिएको छ। म्यानचेष्टर सिटीका रियाद मेहरेज अल्जेरियाका कप्तान र लिभरपुलबाट खेल्दै आएका साडियो माने सेनेगलका स्ट्राइकर हुन्। 

 

प्रतिक्रिया दिनुहोस्