बाढी पहिरो नियन्त्रणका लागि शाखा सडक छेउछाउमा बहुवर्षे घाँस 



कैलाली : बझाङको बित्थडचिर गाउँपालीकामा नयाँ विस्तार भएका शाखा सडक छेउछाउमा बहुवर्षे जातको अमिस्रो घाँस लगाइको छ । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालीकाका सबै नयाँ विस्तार भएका शाखा सडकहरुमा ७० देखी ८० हजार विरुवा लगाउने तयारी भइरहेको छ । भने बिहीबारमात्रै देउलेखदेखि मण पाडपाखा हुँदै बुङगल नगरपालिका जोडिने सडक खण्डमा झण्डै दश हजार विरुवाले वृक्षारोपण गरिएको छ ।

वायोइन्जिनियरिङ्ग कार्यक्रम अन्तर्गत वर्षायाममा हुने बाढी, पहिरो, भूक्षय लगाएतका जोसखम न्यूनिकरणको लागि बहुउपयोगी अमिस्रो घाँसको विरुवा लगाइएको गाउँपालीका प्रवक्ता हर्क धामीले जानकारी दिए ।  

बहुउपयोगी अमीस्रो जातको घाँसले बाढी पहिरो जस्ता जोखिम कम गर्नुको साथै पशुपालक किसानहरुले डाले घाँसको रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्