एकलब्यको ‘मलाई बनायौ किन’ गीत रिलिज (भिडियोसहित)



काठमाडौं । यही १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘एकलब्य’को दोश्रो गीत 'मलाई बनायौ किन..'को भिडियो बिहिबार रिलिज गरिएको छ । अघिल्लो गीत ‘पूर्वै चल्नेया रेल।।।’ लाई दर्शकले रुचाएपछि निर्माण पक्षले यो दोश्रो गीत रिलिज गरेको हो । 

प्रदर्शनी मिति नजिकिँदै गर्दा निर्माण पक्ष अहिले प्रचारमा जुटेको छ । एकलब्यको यो प्रेम भावको गीत 'मलाई बनायौ किन..'मा युवराज चौलागाई र मेलिना राईको स्वर रहेको छ । गीतको शब्द संगीत राजेन्द्र बजगाईको हो । यो गीतमा अभिनेता सोनाम थापामगर र अभिनेत्री ओसन भट्टराईबीचको प्रेम सम्बन्ध देखाईएको छ । 

भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको हो । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।चलचित्र एकलब्यलाई अनमोल शर्मा निर्देशन गरेका हुन् । उनका अनुसार यो चलचित्र पारिवारिक प्रेम कथामा आधारित छ । जसमा समाजका विभिन्न अपराधिक घटनालाई उठाइएको छ । 

सोनाम र ओसिन भट्टराईसँगै पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, महिला सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको मुख्य भूमिका रहेको छ । एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् । 

यो चलचित्रमा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्