कुनै खास चीज खानाले यौन सुख बढाउन सकिन्छ ?



कुनै खानाले तपाइको यौन सुख बढाउँछ, यदि यो कुराको प्रमाण मिल्ने हो भने सायद यो हात हातै किनिन्थ्यो होला अर्थात यो खाने कुरा बिक्रि हुन समय नै लाग्दैनथ्यो । 

एक सन्तुलित आहार, सक्रिय जीवनशैली र सहि मानसिक स्वास्थ्यले तपाइको यौन सुख बढाउन सक्छ । तर कुनै खास खाने चिज छ जसद्वारा वास्तवमै प्राकृतिक यौन जीवनलाई बढाउन सकिन्छ ? 

बीबीसीमा लेखिएको छ, कैसेनोवालाई इतिहासमा सबैभन्दा प्रसिद्ध प्रेमी मानिन्छ । भनिन्छ उनी नास्तामा ५० सीपी खान्थे । यसको कुनै तथ्य परमाण भने छैन् । 

Image result for सीप जस्ता से भरे होते हैं,

भनिन्छ जब मायाकी देवी, 'एफ्रोडाइट' जन्मिइन् उनी समुन्द्रबाट निस्किइन त्यसैलै विभिन्न समुन्द्री खानालाई यौन आनन्द बढाउने खानाको रुपमा मान्न थालियो ।

शोधकर्ताका अनुसार 'डार्क चकलेट' खानाले मानिसमा प्रेम गर्ने भावना उत्पन्न हुनसक्छ किनभने यसमा फिनाइल इथेलामाइन (पीईए) रसायन हुन्छ जसलाई 'लव केमिकल' पनि भनिन्छ ।

चॉकलेट

पीईए शरीरमा रिलेशनशिप सुरु भएको केहि महिनापछि उत्पन्न हुन्छ । जसले 'डोपामाइन' जस्तो राम्रो हार्मोन उत्पादन गर्छ र मानव मष्तिष्कमा आनन्द र खुसी नियन्त्रित गर्ने केन्द्रलाई उत्तेजित बनाउँछ । 

एक अध्ययनबाट पत्ता लागेको छ की खुर्सानीमा कैपसाइसिन हुन्छ सजले शरीरमा 'एन्डोर्फिन'को मात्रा बढाउँछ । यो खुसी बनाउने एक अर्को हर्मोन हो । यसले तपाईको मोटाबल्जिम, शरीरको तापमान र ह्रृदयको गतिलाई बढाउँछ जसको अनुभव यौन क्रियाकलापका बेला थाहा हुन्छ । 

मिर्च

ड्रिङ्सले यौन सम्बन्धमा असर पु-याउँछ वा मदत गर्छ ?

मदिराले संकोचपनलाई कम गरेर इच्छालाई बढाउने काम मात्र गर्छ । मदिरा धेरैमात्रामा पिउनाले पुरुष र महिला दुबैमा भावुकता कम हुनजान्छ । समय बित्दै जाँदा यसले तपाईको यौन जीवनमा कमी वा असन्तुष्टि ल्याउनसक्छ । मदिरा एकदमै धेरै भयोभने यसले नपुंसकता निम्त्याउन पनि सक्छ । 

वाइन ग्लास

शोधकर्ताहरुले गरेको एक अध्ययनका अनुसार फ्लोनायड्स (बिरुवाबाट बन्ने) खाद्य पदार्थ खानाले नपुंसकताको खतरा कम हुन सक्छ । अध्ययनका अनुसार ब्लूबेरी र अमिलो फलफुलमा पाइने एंथोसायनिनमा नपुंसकता रोक्ने क्षमता हुन्छ । 

फ्लोनायड्सले भरिएको खाद्य पदार्थ र व्यायामले नपुंसकताको समस्याको २१% सम्म कम गर्न सकिन्छ । 

हाथ

कतिपय शोधकर्ताका अनुसार नपुंसकता रोक्न र सन्तुष्ट यौन जीवन बनाइ राख्नका लागि सन्तुलित आहारले ठूलो भूमिका निभाउँछ । यसमा फलफुल, हरियो तरकारी, फर्सी, दुध, गेडागुडी, ओखर र जैतुनको तेल आदि पर्दछ । एंथोसायनिनले पनि यसमा ठूलो भूमिका निर्वाह गर्दछ । यसमा चेरी, कालो अङ्गुर, स्ट्रबेरी, ब्लूबेरी, रातो बन्दा गोभी आदि पर्दछन् । 

यस्ता खाद्यपदार्थबारे आफूलाई राम्रोसँग ज्ञान छैन्, यसले फाइदा वा नोक्सान के गर्छ भन्नेबारे थाहा छैन् र तपाइलाई यौन इच्छा वा शक्ति कम छ भने तपाईलाई कुनै मेडिकल समस्या पनि हुनसक्छ त्यसैले डाक्टरसँग समय समयमा परामर्श पनि गरिराख्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्