आरक्षण सुरक्षितको मागराख्दै आदिवासी जनजातिको बन्द



इटहरी: नेपाल आदिवासी जनजाति महासंघ १ नम्बर प्रदेश समन्वय समितिले लोकसेवा आयोग र अदालतको निर्णयको विरोधमा साउन ४ गते प्रदेश १ बन्द गर्ने भएको छ । संवैधानिक प्रावधान र समानुपातिक समावेशी सिद्धान्तविपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै महासंघ प्रदेश १ ले प्रदेश बन्दको घोषणा गरेको हो ।

४ गते धनकुटामा लोकसेवाको मुख्य परीक्षाको अवसरमा बन्द गरिएको महासंघ सुनसरी अध्यक्ष राम मान्डुपा राईले बताए।

आरक्षण बचाउ आन्दोलनको नाममा आन्दोलन हुने महासंघले बताएको छ । लोकसेवाले आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपांगता भएकालाई दिनुपर्ने ४५ प्रतिशत आरक्षण सुरक्षित गर्नुपर्ने माग राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्