नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ, चिकित्सक भन्छन्, ‘केहीदिन नबोल्नुस्’ 



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको घाँटीमा समस्या देखिएको छ । 

बिहीबारदेखि घाँटीमा (टन्सिल)को समस्या देखिएपछि अध्यक्ष प्रचण्ड ललितपुर खुमलटारस्थित निवासमा आराम गरिरहेका छन् ।  

प्रचण्डलाई चिकित्सकले केहीदिन नबोल्न सल्लाह दिएका छन् ।

घाँटीमा समस्या आएपछि अध्यक्ष प्रचण्डको शुक्रबारको सबै कार्यक्रम स्थगित गरिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । साथै केहीदिनका लागि नेता तथा कार्यकतालार्ई प्रचण्डसँग भेटघाट गर्न समेत रोक लगाएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्