५० हजार घुससहित इन्जिनियर पक्राउ



काठमाडौं : सर्लाही रामनगर गाउँपालिकामा कार्यरत इन्जिनियर ५० हजार घुससहित पक्राउ परेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले रामजी बाबु यादव ५० हजार घुससहित पक्राउ गरेको हो । उनलाई मलंगवा नगरपालिका १० स्थित अशोका होटलबाट नियन्त्रणमा लिएको हो ।

इन्जिनियर यादवले गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने कामको प्राविधिक मूल्याङ्कनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराइ दिने भन्दै सेवाग्राहीबाट घुस लिएको अख्तियारको दाबी छ ।

घटनाको थप अनुसन्धान भइहरेको अख्तियारले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्