बंगालको जलवाष्प युक्त हावाको प्रभाव नेपालमा, मेघ गर्जनसहित वर्षा



काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुन न्यूनचापिय रेखा नेपालको दक्षिणतिर अवस्थित भएतापनि बंगालको खाडीबाट प्रवेश  गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केही स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । 

हाल देशैभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान 

साउन ४ गते (शनिबार) 

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुने सम्भावना छ । देशको थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।

राती : देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।

साउन ५ गते (आइतबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुने सम्भावना छ । देशको पूर्वी र मध्य क्षेत्रका थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।

राती : देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको पूर्वी र मध्य क्षेत्रका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

साउन ६ गते (सोमबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुने सम्भावना छ । देशको थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।

राती : देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको थोरै स्थानहरुमा  भारी वर्षा हुने सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्