images

कांग्रेसमा कोइराला परिवारको सक्रियता

द नेपालटप | प्रकाशित: २०७६-४-४ गते
कांग्रेसमा कोइराला परिवारको सक्रियता

कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भएपछि कोइराला परिवार मूल नेतृत्वबाट बाहिरियो। उनीहरूले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापतिमा समर्थन गरेका थिए। पौडेल समूहबाट महामन्त्रीमा डा. शशांक कोइराला निर्वाचित भए। डा. शेखर कोइराला र सुजाता कोइराला केन्द्रीय सदस्यमा विजयी भए। 

१४ औं महाधिवेशनको चर्चा चलिरहँदा तीनै नेता पार्टीको मूल नेतृत्वमा आउन रणनीति बनाउन क्रियाशील छन्। महाधिवेशनलाई लक्ष्य गरी उनीहरूले दुई वर्षदेखि आफूहरू एकढिक्का भएको सन्देश दिन भ्याइरहेका छन्। कहिले ‘लन्च मिटिङ’ गर्छन् त कहिले एउटै मञ्चमा उभिन्छन्। जारी केन्द्रीय कार्यसमिति बैठकको एजेन्डामा महाधिवेशन पनि समेटिएपछि उनीहरूको सक्रियता झनै बढेको छ। शशांकले गत सोमबार आफ्नो निवासमा शेखर र सुजातासहित लन्च मिटिङ गरे।

०७४ साउन २ मा सामूहिक लन्च गरी उनीहरूले पार्टीभित्र कोइराला परिवारको विरासतलाई पुनर्ताजगी गर्न लागेको सन्देश दिए। जेपी कोइराला फाउन्डेसनका नाममा गतिविधि थप तीव्रता पाएको छ। विराटगरबाट वीरगन्जसम्म सामूहिक रूपमा मञ्चमा प्रकट मात्रै भएनन् बरु पार्टीको नेतृत्वसमेत दाबी गरे। यो समाचार आजको अन्नपूर्ण पोष्ट दौनिकमा प्रकाशित छ ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

नेपाल–भारत बैठक : व्यापार–पारवहन सम्झौता पुनरावलोकनको सहमति

नेपाल–भारत बैठक : व्यापार–पारवहन सम्झौता  पुनरावलोकनको सहमति

काठमाडौं : नेपाल र भारतबीच बुधबार भएको संयुक्त आयोगको पाँचौं बैठकमा  दुवै मुलुक व्यापार, पारवहन र रेल सेव..

सशस्त्रको ध्यान उत्तरी नाकातर्फ

सशस्त्रको ध्यान उत्तरी नाकातर्फ

काठमाडौं : सशस्त्र प्रहरी बलले नेपाल–चीन नाकामा तस्करी बढेको भन्दै उत्तरतर्फ बोर्डर आउट पोट (बिओपी) स्थापना ग..

नाम र राजधानी टुंग्याउँदै प्रदेश २

नाम र राजधानी टुंग्याउँदै प्रदेश २

जनकपुर : प्रदेशसभाले तोकेको बिहीबारभित्रको समयसीमामा प्रदेश २ को नाम र राजधानी प्रस्ताव गर्न दलहरू आन्तरिक कसर..

हिरासतभित्र के गरिरहेका छन् रविले ?

हिरासतभित्र के गरिरहेका छन् रविले ?

काठमाडौं : चितवन प्रहरीले पत्रकार शालिकराम आत्महत्या प्रकरणका आरोपी रवि लामिछानेका समर्थकविरुद्ध अभद्र दुर्व्यवहार..

पुनर्निर्माणका लागि भारतले दियो साढे दुई अर्ब

पुनर्निर्माणका लागि भारतले दियो साढे दुई अर्ब

काठमाडौं : भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ ।&nb..