जनकपुरमा बेवारिसे अवस्थामा पुरुषको शव फेला



जनकपुरधाम : जनकपुरमा एक पुरुषको शव फेला परेको छ । जनकपुर रेल्वे ट्रेक छेउमा अन्दाजि ६० वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

उपमहानगरपालिका १ सीताचोक रेल्वे ट्रेकको छेउमा पुरुषको शव फेला परेको धनुषाका प्रहरी नायव उपरिक्षक (डिएसपी) रामेस्वर कार्कीले जानकारी दिए । 

शवको सनाखत हुन नसकेको उनले बताए । शवलाई पोस्टमार्टमको लागि अञ्चल अस्पताल ल्याइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्