‘आरक्षण बचाऔं आन्दोलन’द्वारा प्रदेश बन्दको आह्वान, जनजिवन प्रभावित 



काठमाडौं : ‘आरक्षण बचाऔं आन्दोलन’ले घोषणा गरेको प्रदेश १ को बन्दले जनजिवन प्रभावित भएको छ । 

आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम र पिछडिएको क्षेत्रका अगुवाहरुको आह्वानमा  आज (शनिबार) लोकसेवा आयोगको विज्ञापनको विरोधमा प्रदेश बन्दको आह्वान गरिएको हो । 

प्रदेश बन्दले विहानैदेखि सडक सुनशान देखिएको छ भने बजार आंशिक रुपमा खुलेको छ ।

संविधानमा उल्लेख भएअनुसार समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले गरेको विज्ञापन फिर्ता गर्न माग गर्दा पनि फिर्ता नभएपछि प्रदेश बन्दको आह्वान गरेको ‘आरक्षण बचाऔं आन्दोलन’ले जानकारी दियो ।  

उनीहरुले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र आयोगका अध्यक्ष उमेश मैनालीको शुक्रबार राजीनामा माग्दै पुत्ला दहन गरेका थिए । आफूहरुको आन्दोलन अब नरोकिने उनीहरुको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्