जुम्ल्याहा दाजुभाईको नेपालीमै जवाफ फर्काउने रोवर्ट



बुटवल: बुटवलका दुई जुम्ल्याहा दाजुभाईले नेपाली भाषा बुझ्ने रोवर्ट बनाएका छन् । १ बर्ष अघि गो–गो रोवर्ट बनाएका उनीहरुले अहिले नेपाली भाषा बुझेर नेपालीमै जवाफ फर्काउने रोवर्ट बनाएका हुन । बुटवल योगिकुटी बस्दै आएका जुम्ल्याहा दाजुभाई लवकुश पन्थीले बनाएको यो रोवर्टलाई “लबकुश मार्स रोवर्ट” नाम दिइएको छ ।

मार्स भन्नाले मंगल ग्रहमा हिड्ने रोवर्ट भनेर बुझिन्छ । मंगल ग्रहमा हिड्ने रोवर्टबाटै प्रभावित भएका जुम्ल्याहा दाजुभाई लवकुशले नेपालमै पहिलो पटक नेपाली भाषा बुझ्ने रोवर्ट बनाएका छन । बुटवलको नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालय बाट एसईई दिएका उनीहरुले एसईई पछिको समयलाई सदुपयोग गर्दै यो रोवर्ट बनाएका हुन ।

यस अघि उनीहरुले बनाएको गो–गो रावेर्टले अंग्रेजी भाषा बोल्ने गर्दथ्यो भने यो रोवर्ट नेपाली भाषामा बोल्ने मात्र हैन मान्छे समेत चिन्ने गर्दछ । रोवर्टमा पाईथम प्रोग्राईमिङ ईन ल्याङवेज द्वारा बनाइएको लुकु सफ्टवेयरको प्रयोग गरीएको छ । त्यस बाहेक रोवर्टमा हाईभोल्टेज मोटरहरु, हाईस्पीड प्रोसेर, एल्मुनियम पनि प्रयोग गरिएको छ ।

नेपाली भाषा बुझेर नेपालीमै बोल्न सक्ने पहिलो रोवर्ट भन्दै उनीहरुले उद्योग विभागमा प्याटन दर्ता गरेका छन् । नेपाली भाषामा बोल्ने रोवर्टले हात, टाउको चलाउन सक्छ भने फोटो खिच्ने, मान्छे चिन्ने, रंगहरु पत्ता लागउने, शव्दहरु उच्चारण गर्न समेत गर्दछ । त्यति मात्र हैन यो रोवर्ट गुड्न पनि सक्दछ ।  कक्षा २ मा पढ्दै गर्दा रोवर्ट बनाउने सपना देखेका उनीहरुले १ बर्ष अघि मात्र गो–गो रोवर्ट बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्