डर्टमन्डसँग लिभरपुल पराजित



काठमाडौं : युरोपियन लिग तयारीका लागि खेलिएको प्रिसिजनको मैत्रीपूर्ण फुटबलमा च्याम्पियन्स लिग विजेता इङ्लिस टोली लिभरपुल जर्मन क्लब बोरुसिया डर्टमन्डसँग पराजित भएको छ।

शनिबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुल डर्टमन्डसँग ३–२ गोलले पराजित भएको हो। प्रिसिजनको तयारी खेलमा लिभरपुलको यो पहिलो हार हो। डर्टमन्डको भने लगातार तेस्रो जित हो।

डर्टमन्डको जितमा पाको अल्कासेर, थोमस डिलेनी र जाकव ब्रन लार्सेनले गोल गरे। लिभरपुलका ह्यारी विल्सन र रिहान ब्रिस्टरले गोल गरेका थिए। प्रिसिजन तयारीका लागि अब जुलाई २२ तारिखमा डर्टमन्डले उडिनेस र लिभरपुलले सेभियासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्