चियाकफी तात्तातै पिउने गर्नुभएको छ भने हुन्छन् यस्ता हानि



काठमाडौं : केही मानिस चिया वा कफी तात्तातै पिउन मन पराउँछन्। तर यस्तो स्वभावले स्वास्थ्यलाई हानि गर्छ। इन्टरनेसनल जर्नल अफ क्यान्सरले गरेको अध्ययनमा अत्यधिक तातो कफी वा चिया पिउँदा एसोफेगल वा खाद्यनलीको क्यान्सरको सम्भवाना बढ्छ। 

तातो खाँदा खाद्यनलीमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्न थाल्छन्। धेरैजसो मानिसलाई ६० वर्षको उमेर पुगेपछि मात्र यो क्यान्सरको बारेमा थाहा हुन पुग्छ। क्यान्सर बाहेक पनि स्वास्थ्य समस्या पनि यसले निम्त्याउँछ। त्यसैले चिया वा कफी अलिक सेलाएपछि मात्र पिउने बानी बसाल्नुपर्छ।  तातो खानेलाई पेटका अनेकौं रोग पनि लाग्छन्।

पेट दुख्ने, कब्जियत हुने, वाक्क आउने, दिसामा रगत आउने समस्या पनि यसबाट हुन्छ। अल्सर पनि यसले गराउँछ। धेर तातो चिया वा कफी पिउँदा रगतलाई पनि हानि गर्छ। शरीरमा रक्ताल्पता यसले गराउँछ। लगातार तौल कम हुने, खाना निल्न गाह्रो हुने, छाती पोल्ने, खोकी लाग्ने र स्वर सुक्ने समस्या पनि यसबाट आउँछ। 

चियाले शरीरमा मेटाबोलिजम कम गरेर भोक मेटाइदिन्छ। यसले खाद्यनली बिगारिदिन्छ र अनेकौं समस्या निम्त्याउँछ। नलीमा घाउ वा फोका यसले ल्याइदिन्छ। धेर तातो चिया पिउँदा गुप्तांगमा पनि समस्या आउँछ। यौन क्षमता पनि यसले घटाउँछ। अति तातो र धेरै कप चिया पिउँदा दाँतमा पनि समस्या देखापर्छ। दाँत पहेंलो समस्या पनि देखिन्छ।

प्रतिक्रिया दिनुहोस्