१४ लाख ६८ हजार घुससहित सिँचाइ विकाश प्रमुख र इन्जिनियर पक्राउ



दोलखा : १४ लाख ६८ हजार घुस रकमसहित सिँचाइ विकास डिभिजन कार्यालय दोलखा प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाह पक्राउ गरेका छन्।

प्रमुख अधिकारीको साथबाट १३ लाख ३८ हजार र शाहबाट १ लाख ३० हजार रकम बरामद् भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

उनका अनुसार घुस रकमसहित शनिबार साँझ दोलखाबाट काठमाडौं जाँदै गर्दा सिन्धुपाल्चोकको सुकुटेबाट उनीहरुलाई पक्राउ गरिएको हो।

उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको उनको भनाइ छ। सो रकम ठेकेदार र उपभोक्ता समितिबाट कमिसनका रुपमा प्राप्त गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्