मुद्ध मूर्ति तोडफोडमा संलग्नहरुलाई कार्वाही गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन



बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीको तिलोत्तमाको सडकमा राखिएका ५ वटा मुद्ध मूर्ति तोडफोडमा संलग्नहरुलाई पक्राउ गरी कार्वाही गर्न निर्देशन दिएका छन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक तथा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी उपरिक्षकलाई मुख्यमन्त्री निवासमा बोलाएर घटनामा संलग्नहरुलाई तत्काल पक्रेर कारबाही गर्न निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

बुटवल बेलहिया सडकखण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाले सडकको डिभाइडरमा राखेका बुद्धका मूर्ति तोडफोड भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्