मप विश्वविद्यालयको सभा काठमाडौंमा : सत्तारुद्ध विद्यार्थीहरुकै विरोध



काठमाडौं : सुर्खेतको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सभा काठमाडौंमा बसेपछि सत्तारुढ दल नेकपाका विद्यार्थी संगठनले बहिष्कार गरेका छन् । कर्णालीवासीको मर्म विपरीत काठमाडौंमा सभा गरिएको भन्दै पूर्वअखिल र अखिल क्रान्तिकारीले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी सिनेटमा सहभागी नहुने बताएका छन् ।

विश्वविद्यालयको ९औं सभा (सिनेट) मा स्ववियु नभएकोले विद्यार्थी संगठनका प्रतिनिधिहरुलाई आमन्त्रण गरेको थियो । विद्यार्थीहरुले सुर्खेतमै सिनेट आयोजना गर्न निरन्तर दवाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्