पाकिस्तानमा बम विस्फोट : दुई प्रहरीसहित ८ जनाको मृत्यु, ३० घाइते



इस्लामाबाद : पाकिस्तानमा आइतबार बिहान भएको दुई छुट्टाछुट्टै बम विस्फोटमा परी कम्तिमा ८ जनाले ज्यान गुमाएका छन् भने ३० जना घाइते भएका छन् । 

पाकिस्तानको उत्तरीपश्चिमी सहर देरा इस्माइल खानमा बम विस्फोट भएको हो ।  मोटरसाइकलमा आएका हतियारधारी समूहले पश्चिम क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आक्रमण गरेको अलजजिराले जनाएको छ । 

सो आक्रमणमा परी दुई जना प्रहरीको मृत्यु भएको थियो । घटना लगत्तै प्रहरीको शव नजिकैको एक सरकारी अस्पताल पुर्याइएको थियो ।

जिल्ला प्रहरीका प्रमुख सलिम राइजकाअनुसार प्रहरीको शव अस्पताल पुर्याउने बित्तिकै आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटमा परी अन्य दुई प्रहरी र ४ जना सर्वसाधरणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्पतलामा भएको आत्मघाती आक्रमणमा करिब ७ किलो बराबरको विस्फोटक पदार्थ प्रयोग भएको र विस्फोटको जिम्मा तहरेक–ई–तालिवानले लिएको प्रहरीले जनाएको छ । 

तहरेक–ई–तालिवानले आफ्नो कमाण्डर मारेको बदला लिन उक्त विस्फोट गराएको बताएको छ । 

 

प्रतिक्रिया दिनुहोस्