नेकपाले टुंग्यायो ७७ जिल्ला र ६ महानगरको इञ्चार्ज र सह-इञ्चार्ज



काठमाडौं :  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्ला र ६ वटा महानगरपालिकाको इञ्चार्ज र सह इञ्चार्जको टुंगो लगाएको छ।

आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इञ्चार्ज/सह इञ्चार्जको टुंगो लगाएका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

सचिवालयले टुंगो लगाएका जिल्ला इञ्चार्ज/सह इञ्चार्जको नाम आजै पार्टी केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिने बताइएको छ।

उनले भने, ‘अब मंगलबार धुम्बाराहीमा पुनः सचिवालयको बैठक बसेर विभाग, आयोग, केन्द्रीय अन्य निकायहरु र प्रवास संगठनको एकीकरणको काम टुंगो लगाउने छ।’ नेकपाको अर्को बैठक साउन ७ गते दिउँसो एक बजे पार्टि कार्यालय धुम्बाराहिमा बस्ने छ।

प्रतिक्रिया दिनुहोस्