नेकपामा को को भए जिल्ला इन्चार्ज र सह–इन्चार्ज ? (नामावलीसहित)



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पार्टी सचिवालय बैठकले ८३ इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएका छन्।  

तत्कालीन एमालेको भागमा इन्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इन्चार्ज र तत्कालीन माओवादीको इन्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इन्चार्ज रहेका छन्। 

हेर्नुस् कुन जिल्लामा को भए इन्चार्ज र सह–इन्चार्ज ?

 

प्रतिक्रिया दिनुहोस्