ब्राको आकारअनुसार रेस्टुरेन्टमा छुट, ठूला स्तन हुनेलाई धेरै फाइदा



काठमाडाैं : महिलालाई ब्राको आकारअनुसार छुट दिने घोषणापछि चीनको एक रेस्टुरेन्ट विवादमा तानिएको छ। झेङझियाङ प्रान्तको हाङझोउको ट्रेन्डि स्रिम्प रेस्टुरेन्टले ब्राको आकारअनुसार छुट दिने घोषणासहितको विज्ञापन सार्वजनिक गरेपछि यो विषय विवादमा तानिएको हो।

ब्रा र पेन्टीमा सजिएर लामबद्ध उभिएका महिलाको कार्टुनसहितको विज्ञापन कम्पनीले सार्वजनिक गरेको छ। विज्ञापनमा 'सम्पूर्ण सहरले स्तन खोजिरहेको' नारा लेखिएको छ।

रेस्टुरेन्टले दिने छुट महिलाको कप साइजमा निर्भर हुने र सबैभन्दा ठूलो स्तन हुने युवतीले भारी छुट पाउने विज्ञापनमा उल्लेख गरिएको छ। विज्ञापनको पोस्टरमा अश्लील विज्ञापन चित्रण गरिएको तथा महिलाप्रति विभेद गरिएको स्थानीय बताउँछन्। अगस्टको पहिलो साता उक्त विज्ञापन सार्वजनिक गरिएको थियो । तर चौतर्फी विरोधपछि अहिले हटाइएको छ।

होटेलका महाप्रपन्धक लान सेङगालले भने,

-विज्ञापनमा ब्रा र पेन्टीको कार्टुनमा महिलालाई चित्रण गरेपछि ग्राहकको संख्या २० प्रतिशतले बढेको छ।

-युवतीहरु हाम्रो रेस्टुरेन्टमा आउन पाउँदा खुसी गौरवान्वित महसुस गरेका छन्। लुकाउनुपर्ने कुरा केही छैन।

-युवतीलाई रेस्टुरेन्टका मालिक र पुरुष कर्मचारीले स्तनको आकार नाप्न बाध्य पार्ने छैनन्।

-रेस्टुरेन्टमा खटिएका महिला वेटरले एउटा फिताले सावधानीपूर्वक महिलाको स्तनको आकार नाप्नेछन्। ताकि उनीहरुले कुनै प्रकारको लाज अनुभूति गर्न नपरोस्।

प्रतिक्रिया दिनुहोस्