हङकङमा सुपुर्दगी सम्बन्धी कानुनको विरोधमा उत्रेका ३० जना प्रदर्शनकारी घाइते



एजेन्सी : हङकङमा सुपुर्दगी सम्बन्धी कानुनको विरोधमा उत्रेका ३० जना प्रदर्शनकारी घाइते भएका छन् । रेल स्टेसनमा सेतो टिसर्ट लगाएका मानिसको समूहले आक्रमण गर्दा प्रदर्शनकारी घाइते भएको बीबीसीले जनाएको छ ।

आक्रमण गर्ने बारे नखुलाइए पनि सामाजिक सञ्जालमा उनीहरूले सरकारले नै घटना गराएको हुनसक्ने आरोप लगाएका छन् ।

आइतबारको प्रदर्शनमा ४ लाख ३० हजार जनाभन्दा धेरै सहभागि भएका आयोजकले दावी गरेका छन् भने प्रहरीले भने १ लाख ३८ हजार जनाले प्रदर्शन गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्